विज्ञापन

गलाको सुनको सिक्री लुटपाट गर्ने गिरोह माछापोखरीमा पक्राउ

विज्ञापन
Image
विज्ञापन

११ साउन, काठमाडौं । गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् । उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

यो समूहले शनिबार साँझ साढे बजे ति महिलाको सिक्री लुटेका थिए । २ तोल २५ ला अर्थात प्रचलित मूल्य अनुसार ४ लाख ३८ हजार बराबरको सिक्री लुटेको प्रहरीले बताएको छ ।

खोजीको क्रममा शनिबार राति १२:३२ बजे उनीहरुलाई माछापोखरीबाटै पक्राउ गरिएको बोहराले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन