विज्ञापन

रसुवागढी सीमानाकामा थालियो बेलीब्रिज निर्माण, भदौभित्र सकाउने लक्ष्य

विज्ञापन
Image
विज्ञापन

रसुवा । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुल पुनर्निर्माण थालिएको छ । गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीबाट १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुलमा क्षति पुगेको थियो ।

चीन सरकारले पुल पुनर्निर्माण थालेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार, आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि पहिलो चरणअन्तर्गत चीनले बेलीब्रिज निर्माण पनि थालेको छ । यसनिम्ति भुइँ सतह मिलाउने कार्य सुरु भइसकेको छ ।

पक्की पुल निर्माणका निम्ति साबिकको स्थानलाई यथावत् छाडिएको छ । त्यहाँबाट दुई मिटर पूर्वतर्फ सारेर पुरातात्त्विक संरचनालाई कुनै असर नपर्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए ।

पुलका निम्ति चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ ।

चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्दे खोलाको भुइँमा अनियन्त्रित पानीलाई साबिक सतहमा लैजाने कार्य अगाडि बढाइएको छ ।

बेलीब्रिज निर्माण आउँदो भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले बताए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन