बैंकक । थाइल्यान्डले कम्बोडियामाथि सोमबार दुई देशबिच भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । दुवै देशको सीमामा पाँच दिनसम्म भएको लडाइँमा ३३ जनाको ज्यान गएपछि सोमबार मलेसियामा भएको भेटघाटमा दुई देशले युद्धविरामको सहमति गरेका थिए । युद्धविरामले दुईदेशबlच शान्ति स्थापित हुने आशा गरिएको थियो ।
तर सुरु भएकै दिनमै यो आरोप आएपछि सम्झौता डगमगाउने भय बढेको छ । आफूले मध्यरातिदेखि नै गोलीबारी रोकेको थाइ सरकारले भनेको छ ।
कम्बोडियाबाट गोलीबारी नरोकिएको अनि यो क्रम बिहानसम्मै चलेको बताइएको छ । तर कम्बोडियाका रक्षामन्त्रीले एएफपीसँग मध्यरातमा युद्धविराम सुरु भएदेखि दुवै पक्षका सेनाबिच झडप नभएको बताएका छन् ।
यो आरोप लागेको भएपनि दुई देशका स्थानीय सैन्य कमान्डरबिचको बैठक मंगलबार बिहान भएको छ । दुवै पक्षले गोलीबारी रोक्ने र सीमा क्षेत्रमा सीमा परिचालन रोक्ने विषयमा सहमति गरेका छन् ।
मेमा भएको एक झडपमा कम्बोडियाका सेनाको मृत्यु भएपछि दुई देशबिच सीमा शताब्दिऔं पुरानो विवाद चर्किएको थियो ।

















