विज्ञापन

भैरहवाको मार्गदर्शन बहुउदेश्यीय सहकारीको करिब ६ करोड हिनामिना गर्ने अध्यक्ष केसी पक्राउ

विज्ञापन
Image
विज्ञापन

बुटवल । भैरहवाको मार्गदर्शन बहुउदेश्यीय सहकारी संस्था लिमिटेण्डका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ गरेका हु्न ।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका देलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बताए ।

केसी बैशाख २० गतेदेखि फरार भएका थिए । उनलाई प्रहरी बृत ठीमि भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यठिमी नगरपालिका वडा नं. ३ बाट पक्राउ गरिएको डिएसपी सापकोटाले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन