विज्ञापन

मिडसोलु हाइड्रोपावरको लाभांश घोषणा

विज्ञापन
Image
विज्ञापन

१३ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर रहेको छ ।

बाँकी ०.७८९ प्रतिशत कर प्रयोजनका लागि मात्रै नगद लाभांश रहेको कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ छ । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन