काठमाडौं । विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले काठमाडौं सीतापाइलामा नयाँ रेष्टुरेन्ट उद्घाटन गरेको छ। केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेशनल नेपाल प्रालिले सञ्चालन गरेको यस नयाँ रेष्टुरेन्टसँगै नेपालमा केएफसीको आउटलेट संख्या १९ पुगेको छ । जसमध्ये ११ वटा काठमाडौं उपत्यकाभित्र छन्।
सीतापाइलाको प्रवेशद्वारमै रहेको नेक्ड एक्सप्रेस टावरभित्रको यो नयाँ रेष्टुरेन्ट चिकन प्रेमीहरूका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।
‘वर्ल्ड बेस्ट चिकन’ को पहिचानसहित केएफसीले नेपालले आफ्ना ग्राहकलाई हट एन्ड क्रिस्पी चिकन, चिकन पपकर्न, चिकन स्ट्रिप्स, जिन्गर बर्गर र आइकोनिक केएफसी बकेटजस्ता स्वादिष्ट परिकारहरू मार्फत खुशी दिनेछ, जुन परिवार वा साथीभाइसँग रमाइलो गर्नका लागि उत्तम विकल्प हुनेछ,’ कम्पनीले भनेको छ ।
उद्घाटनको अवसरमा आकर्षक माहोल, विशेष प्रवर्द्धन तथा रोमाञ्चक अफरहरू राखिएका छन्।
केएफसी सीतापाइलाले उच्चस्तरको स्वच्छता र सुरक्षा मापदण्ड कायम गर्दै ग्राहकलाई आत्मविश्वासकासाथ भोजनको अनुभव दिने उद्देश्य राखेको छ ।
१७१७ वर्गफिटमा फैलिएको यस रेष्टुरेन्टमा ४५ जनासम्म अट्ने क्षमता छ र दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।

















