विज्ञापन

नेपाल पुनर्बीमाको वित्तीय विवरण ढिला सार्वजनिक, ६ प्रतिशत बढ्यो नाफा

विज्ञापन
Image
विज्ञापन

२० भदौ, काठमाडौं । नेपाल पुनर्बीमाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ६.२ प्रतिशत बढेको छ ।

कम्पनीले गत अर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा ५१ करोड ५८ लाख रुपैयाँ थियो ।

कम्पनीको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी पहिले ५.३६ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५.४५ रुपैयाँ छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब १५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ७ अर्ब ११ करोड रुपैयाँ छ ।

कम्पनीको सञ्चित आम्दानी ७४ करोड ३७ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४९.१५ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १६६९.९० रुपैयाँ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन