विज्ञापन

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

विज्ञापन
Image
विज्ञापन

३ असोज, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन