९ असोज, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ रहेको चाँदी आज २६८५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया जनाउनुहाेस्

















