विज्ञापन

प्याजको भाउ घट्यो, किलोको कति ?

विज्ञापन
Image
विज्ञापन

२१ असोज, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ ।

हिजो सोमबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भएको थियो ।

सोमबारको तुलनामा मंगलबार प्याजको भाउ औसतमा प्रतिकिलो ३ रुपैयाँ घटेको छ ।

दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन