विज्ञापन

आलु र प्याजको भाउ घट्यो, कतिमा भइरहेछ किनबेच ?

विज्ञापन
Image
विज्ञापन

२९ असोज, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याज र आलुको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले सुकेको प्याज र आलुको भाउमा गिरावट देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३२ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३३ रुपैयाँ कायम छ ।

हिजो मंगलबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबारको तुलनामा बुधबार प्याजको भाउ औसतमा प्रतिकिलो २ रुपैयाँ घटेको छ ।

यस्तै बुधबार आलुको भाउ प्रतिकिलो थोकमा औसत २ देखि ३ रुपैयाँ घटेको छ । मंगलबार रातो आलु भारतीय प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ र औसत ३७ रुपैयाँमा किनबेच भएकामा आज बुधबार न्यूनतम ३४ देखि अधिकतम ३६ र औसत ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै मुडेको आलु रातोको पनि भाउ घटेर आज प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४७ र औसत ४६ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत ४७ रुपैयाँमा किनबेच भएको थियो ।

आलु र प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ । आलु र प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन