विज्ञापन

छिनछिनमा राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने देखिन्छ : प्रकाशशरण महत

विज्ञापन
Image
;~rf/sdL{;Fu k"j{ cy{dGqL 8f dxt sf7df8f}F, !% h]7M ;ª3Lo ;+;bsf] b'j} ;bg k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf dªunaf/ cy{dGqL jif{dfg k'gn] k|:t't ug'{ ePsf] cfj @)*!÷*@ sf] jflif{s cg'dflgt ah]6af/] ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} k"j{ cy{dGqL 8f k|sfzz/0f dxt . tl:a/M /Tg >]i7÷/f;;
विज्ञापन

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्ने देखिएको बताएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ,’ नेता महतले भने ।

अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा अन्तरिम सरकारका प्रधानमन्त्री प्रतिशोध साँध्नेतर्फ लागेको उनको आरोप छ ।

शान्ति सुरक्षा सुनिश्चित गर्ने कुराप्रति सरकार गम्भीर नभएको भन्दै सरकारले निर्वाचन गर्ने विश्वसनीय आधार बनाउनुपर्ने उनले बताए ।

‘दलीय प्रतिनिधिहरूले निर्वाचन आयोगमा कुराहरू राख्नु भएको छ । अब निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन हुँदैन । त्यसका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति सुरक्षित हुने वातावरण बनाउनु पर्छ । बैठकमा साथीहरूले पनि यस विषयमा गम्भीर रूपमा कुरा उठाउनु भएको छ,’ महतले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन