विज्ञापन

केरवानी माविका विद्यार्थी पढ्दै कमाउँदै : तिहारमा फूल बेचेरै कमाए ६५ हजार रुपैँया

विज्ञापन
Image
विज्ञापन

बुटवल । रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका विद्यार्थीले तिहारमा आफैले उत्पादन गरेको फूल बिक्री गरेर ६५ हजा बढी आम्दानी गर्न सफल भएका छन् । विद्यार्थीहरुले बाली विज्ञान अध्ययनका क्रममा प्रयोगात्मक अभ्यासबाट उत्पादन भएका फूल बिक्री गरेका हुन् ।

विद्यालयका प्राचार्य निर्मल ढुङ्गानाका अनुसार विद्यार्थीहरुले तिहारको समयमा ६७ केजी फूल तथा ३ सय बढी तयारी माला विक्री गर्न सफल भएका हुन् । उनीहरुले फूल प्रतिकेजी ४ सय रुपैँया तथा माला प्रति गोटा १ सय ३० रुपैँयाका दरले बगैँचाबाटै बिक्री गर्न सफल भएका छन् । विद्यालयले बाली विज्ञान अन्तरगत विद्यार्थीलाई कृषि कर्ममा सहभागी गराउँदै आएको छ ।

प्राचार्य ढुङ्गेलका अनुसार कक्षा ९ देखि कक्षा १२ सम्मका १०९ जना विद्यार्थी कृषि उत्पादनमा जोडिएका छन् । विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरी उत्पादनसँग जोड्ने उद्देश्यसहित डेढ विगाह क्षेत्रफलमा कृषि उत्पादन भइरहेको विद्यालयका प्राचार्य ढुङ्गेलले बताए ।

विद्यालयका शिक्षक तथा कृषि विज्ञान संयोजक सञ्जय कुमार शुल्का अनुसार विद्यालयले वार्षि ६ लाख बराबरको आर्थिक कारोबार गर्नेगरी कृषि फार्म सञ्चालनमा ल्याइएको छ । विद्यार्थीहरुले उत्पादनमा जोडिने गरी सञ्चालन गरिएको फार्ममा अहिले सयपत्री फूल, टमाटरको बीउ, लहरे तरकारी, धानखेली, काउनी, ब्रोकाउली, माछा पालन लगायतका कार्यहरु भइरहेको जानकारी दिए ।

यसरी उत्पादनबाट भएको आम्दानी मध्ये २० देखि ३० प्रतिशत रकम विद्यार्थीलाई वितरण गरिन्छ भने, बाँकी रकम कृषि फार्म व्यवस्थापनमै खर्च हुँदै आएको शुक्लाले बताए । विद्यार्थीले किताबमा पढेको ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरुन भनेर समूह विभाजन गरी विद्यालय समय बाहेक साँझ–विहानको समय पालैपालो उनीहरुलाई कृषि फार्मको रेखदेख र उत्पादनमा जोड्ने गरिएको शिक्षक शुक्लाले बताए ।

यस विद्यालयले वि.स. २०७३ सालदेखि विद्यार्थीलाई उत्पादनसँग जोड्दै आएको छ । यद्यपी विश्वव्यापी कोरोना महामारीका कारण बीचमा केही समस्या देखिए पनि ०७९ सालदेखि भने व्यवस्थित रुपमै कृषि उत्पादन गर्दै आएको विद्यालयका प्राचार्य ढुङ्गाना बताउँछन् । ‘व्यक्ति उत्पादक बन्यो भनेमात्रै देशको बिकास हुन्छ भन्ने मान्यता अनुदा विद्यार्थीलाई श्रम र सीपसँग जोड्ने प्रयास गरेका छौ ।’–प्राचार्य ढुङ्गानाले भने, विद्यार्थीहरु यहीबाट विभिन्न कृषि अनुसन्धान तथा उत्पादनमा जोडिन पाएका छन् ।

वि.स. २०२३ सालमा स्थापना भएको यो विद्यालयमा हाल १ हजार १३९ विद्यार्थी अध्ययनरत छन् । विशेष गरी कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई कृषि उत्पादनमा जोडेको विद्यालयले गत वर्ष पनि बोडी लगायतका तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएको थियो ।

यो वर्ष ६ लाख बढी आम्दानी गर्ने लक्ष्य राखेको विद्यालयले लक्ष्य पूरा भएमा करिब डेढ लाख रुपैँया नगद विद्यार्थीलाई वितरण गर्नेछ । कार्यविधिनै निर्माण गरी उत्पादनमा भएको मुनाफाबाट २० देखि ३० प्रतिशतसम्म रकम विद्यार्थीलाई वितरण गर्दै आएको प्राचार्य ढुङ्गानाले बताए । विद्यालयको कृषि फार्ममा तिहारमा बिक्री गरेपछि बचेका फूलहरु अझै पनि बाँकी रहेका छन् । ति उत्पादनलाई बिक्री गर्ने काम चलिरहने उनले बताए ।

यसैगरी ३ वटा टनेल निर्माण गरी २ वटा टनेलमा नर्सरी उत्पादन गरिएको छ । उक्त नर्सरीमा उत्पादनमा भएका ब्रोकाउली, टमाटर, साग, लहरी सिमी लगायतका विभिन्न तरकारीका बिरुवा विक्री भइरहेका छन् । बजारका लागि समस्या नभएको बताउँदै प्राचार्य ढुङ्गेलका अनुसार अभिभावकलेनै खपत गरिदिने जानकारी दिए । आफूहरु व्यवसायिक रुपमा भन्दा पनि विद्यार्थीले अध्ययन अनुसन्धानका लागि काम गर्नेक्रममा भएका उत्पादन बिक्री गर्ने गरिएको छ ।

विद्यालयमा निर्माण गरिएको पोखरीमा अहिले माछा बिक्रीका लागि ठिक्क परेका छन् । ८ हजार बढी माछाका भुरा हालिएको पोखरीबाट यसअघि २ पटकसम्म माछा झिकेर विक्री भइसकेको र बाँकी माछाहरु अहिले बिक्रीका लागि तयारी अवस्थामा रहेको प्राचार्य ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन