१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेला, लौका र घिरौँलोको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले यी तरकारीको मूल्य बढेको देखाएको हो ।
आज बिहीबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार ५५ रुपैयाँ किलोमा किनबेच भएको तिते करेला आज बिहीबार ८७ रुपैयाँ पुगेको छ ।
यस्तै लौका पनि आज प्रतिकिलो १२ ले बढेर ६७ रुपैयाँ पुगेको छ । हिजो बुधबार किलोको ५५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बुधबार प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको घिरौँलो आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्















