विज्ञापन

गोलभेँडाको भाउ बढ्यो, किलोको कति ?

विज्ञापन
Image
विज्ञापन

१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।

बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।

भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले बढेको छ । हिजो बुधबार २७ रुपैयाँमा किनबेच भएको लोकल गोलभेडाँको मूल्य आज किलोको ४२ रुपैयाँ कायम छ ।

टनेलको सानो गोलभेँडा भने आज किलोको ५९ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन