विज्ञापन

खाद्यले कैलालीमा किन्यो १४ सय क्विन्टल धान, दाङमा २३ कात्तिकदेखि

विज्ञापन
Image
विज्ञापन

१७ कात्तिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश कैलालीमा १ हजार ४ सय क्विन्टल बढी धान किनेको छ ।

गत मंगलबारदेखि धान खरिद सुरु गरिएकोमा आजसम्म १ हजार ४ सय ९ क्विन्टल खरिद गरिएको खाद्यले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार आज पनि कैलालीका पाँच वटा खरिद केन्द्रबाट धान खरिद भइरहेको छ । ती केन्द्रमा गौरीगंगा, टीकापुर, जोशीपुर, भजनीका साथै धनगढीस्थित कम्पनीको आफ्नै कार्यालय/गोदाम समावेश छन् ।

यसअघि हिजोसम्म धनगढीबाट मात्र ५ सय ५० क्विन्टल धान खरिद भएको थियो । यो समाचार तयार पार्दासम्म कैलालीका विभिन्न पाँच खरिद केन्द्रबाट उक्त परिमाण बराबर धान खरिद भएको हो ।

‘धान बिक्रीका लागि किसानहरूको ठूलो सहभागिता छ,’ सीईओ आचार्यले भने । कैलालीमा धान खरिदका लागि कम्पनीले ४० हजार क्विन्टलको कोटा निर्धारण गरेको छ ।

कम्पनीले दाङ तुलसीपुरमा २३ कात्तिदेखि धान खरिद सुरु गर्ने तयारी गरिरहेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयमा बैठक भइरहेको सीईओ आचार्यले बताए ।

धान खरिदमा ढिलाइ भएको भन्ने गुनासो आएको बाँके नेपालगञ्ज लगायत स्थानमा पनि चाँडै नै खरिद प्रक्रिया सुरु हुने आचार्यले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाहरूसँग समन्वय गरेरमात्र धान खरिद गर्न मिल्ने भएकाले केही प्रशासनिक कठिनाइ छन्,’ सीईओ आचार्यले अनलाइनखबरसँग भने, ‘जिल्ला खाद्य समितिको बैठक नबसेसम्म खरिद सुरु गर्न मिल्दैन र नेपालगञ्जमा यही कारणले ढिलाइ भएको हो ।’

कम्पनीसँग सीमित जनशक्ति (२ सय ५० कर्मचारी) र स्रोतसाधन रहेकाले सोही अनुसार देशभरि खरिद केन्द्र विस्तार गर्दै जाने उनको भनाइ छ ।

हाल खरिद कार्यमा ५०–६० कर्मचारी मात्र खटिएका छन् । उनले किसानलाई धान बेच्न कुनै समस्या नहुने र कम्पनीले आफ्नो क्षमता अनुसार संख्या विस्तार गरिरहेको बताए ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन