३० कात्तिक, काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ९६ लाख रुपैयाँ छ । कम्पनीको यो खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.५ गुणा बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको बिक्री आम्दानी समीक्षा अवधिमा ९ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ४० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ५३ करोड रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको शिवम् सिमेन्टको हाल बजार मूल्य प्रतिकित्ता ५९८ रुपैयाँ छ ।
प्रतिक्रिया जनाउनुहाेस्
















