१ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५५ रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
प्रतिक्रिया जनाउनुहाेस्
















