काठमाडौँ । काठमान्डु गार्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै प्लेअफमा प्रवेश गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५२ रन बनायो । पोखराका लागि ऋषि धवनले ५४ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, धनन्जय लक्ष्यणले ३० रन बनाउँदा कप्तान कुशल भुर्तेलले २२ रनको योगदान गरे । काठमान्डुका लागि सहब आलमले ह्याट्रिकसँगै सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ६ विकेट लिएका हुन् ।
काठमान्डुका कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।
काठमान्डुका लागि भिम र चाल्सवर्थले अर्धशत पूरा गरे । चाल्सवर्थले ६४ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका चाल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका लागि भिम सार्कीले ५५ रनको अर्धशतकीय पारी खेले । २२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै,काठमान्डुका लागि मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै १६ रन खर्चे ।
त्यस्तै, कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै काठमान्डु प्लेअफमा प्रवेश गरेको छ ।
काठमान्डुले ७ खेलबाट १० अंक जोडेको छ । यता, पोखराको अन्तिम खेल बाँकी रहँदा ४ अंक जोडेर प्लेअफको सम्भावना कायम नै छ ।
पोखरालाई १३ रनले हराउँदै काठमान्डु प्लेअफमा
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
काठमाडौँ । काठमान्डु गार्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै प्लेअफमा प्रवेश गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५२ रन बनायो । पोखराका लागि ऋषि धवनले ५४ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, धनन्जय लक्ष्यणले ३० रन बनाउँदा कप्तान कुशल भुर्तेलले २२ रनको योगदान गरे । काठमान्डुका लागि सहब आलमले ह्याट्रिकसँगै सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ६ विकेट लिएका हुन् ।
काठमान्डुका शाहबले लिए ह्याट्रिक विकेट
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
काठमाडौँ । काठमान्डु गोर्खाजका शाहब आलमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले अन्तिम ओभरमा तीन विकेट गुमाएको हो । काठमान्डुका शाहब आलमले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट हात पारेका हुन् ।
काठमान्डुलाई छैटौँ सफलता, शाहबले लिए विकेट
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले किरण ठगुन्नाको रुपमा पाँचौँ विकेट गुमाएको हो ।