काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन् ।
निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित घर जलाइएको थियो ।
त्यसपछि ओली भक्तपुरस्थित गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्








