विज्ञापन

रूनीले भने : डेक्लान राइस इंग्ल्यान्डको भावी कप्तान हुन्

विज्ञापन
Image
विज्ञापन

७ पुस, काठमाडौं । इंग्ल्यान्डका लेजेन्डरी फुटबलर पूर्वस्ट्राइकर वायन रूनीले आर्सनलका मिडफिल्डर डेक्लान राइसलाई भविष्यमा इंग्ल्यान्ड राष्ट्रिय टोलीको कप्तान बन्ने खेलाडीका रूपमा प्रशंसा गरेका छन्।

एभर्टनविरुद्ध १–० को जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको खेल हेरेपछि रूनीले राइसको खुलेर प्रशंसा गरेका हुन्। उक्त खेलमा राइसको प्रदर्शन प्रभावशाली रहेको रूनीको भनाइ छ।

२०१४ देखि २०१७ सम्म इंग्ल्यान्डका कप्तान रहेका रूनीले बीबीसी स्पोर्टसँग भने, ‘मेरो विचारमा ह्यारी केनले फुटबलबाट बिदा लिएपछि कप्तानी सम्हाल्ने सही खेलाडी डेक्लान राइस नै हुन्।’

२६ वर्षीय राइसले इंग्ल्यान्डका लागि ७२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। ह्यारी केन अनुपस्थित हुँदा उनले बेल्जियमविरुद्ध (२–२ बराबरी) र वेल्सविरुद्ध (३–० जित) कप्तानी गरिसकेका छन्।

रूनीका अनुसार राइस मैदानभर सक्रिय देखिन्छन्। ‘कहिले पास दिने, कहाँ दिने, कुन खुट्टाले दिने भन्ने उनको निर्णय क्षमता उत्कृष्ट छ। कहिले डिफेन्स सम्हाल्छन्, कहिले आक्रमणमा पुगेर गोल गर्ने प्रयास गर्छन्। उनका केही योगदान कम आँकिएको जस्तो लाग्छ’ रूनीले भने।

रुनीले राइसको नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तित्वकै कारण उनी इंग्ल्यान्डका लागि अपरिहार्य खेलाडी भएको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन