विज्ञापन

कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया स्थगित

विज्ञापन
Image
विज्ञापन

८, जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जरूरी कार्यक्रम परेका कारण अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरिएको बताए ।

‘काठमाडौंमै जरूरी कार्यक्रम परेकाले महेन्द्रनगरका लागि तोकिएको अन्तरक्रियात्मक कार्यक्रम रोकिएको हो,’ उनले भने, ‘दुई–तीन दिनपछि नयाँ मिति तोक्छौं ।’

संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले यसअघि ११ जेठमा अन्तरक्रियात्मक कार्यक्रम गरिने बताइएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन