विज्ञापन

सिन्धुलीमा काँक्रोभित्र लुकाएर ल्याएको १०० ग्राम खैरो हेरोइन बरामद

विज्ञापन
Image
विज्ञापन

११ जेठ, काभ्रेपलाञ्चोक । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार कमलामाई नगरपालिका-९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा काक्रोमा लागुऔषध लुकाई ल्याएको खैरो हीरोइन सहित सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेको जानकारी दिए ।

बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र शंकास्पद लागेर चेक गर्दा काक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा खैरो हेरोइन ल्याएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ । लागुऔषध तस्करीमा नयाँ शैली अपनाउँदै दैनिक उपभोग्य वस्तुभित्र लुकाएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाई छ ।

घटनापछि श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । आइतबार सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन