विज्ञापन

बजेट तयारी: अर्थ मन्त्रालय रातभर जाग्राम

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । रातको पौने १ बजे सिंहदरबार सुनसान थियो । तर अर्थ मन्त्रालयमा भने बत्ती निभेको थिएन । मन्त्रालयको मूल भवनबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र कर्मचारीहरू मध्य राति मात्र बाहिर निस्किए। कोही फाइल बोकेर हतारिँदै छन्, कोही मोबाइलमा कुरा गर्दै ।

हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारभित्रको माहोल फेरिन्छ। दिनभर बैठक, छलफल र चहलपहलमा व्यस्त हुने अर्थ मन्त्रालय रात परेपछि अझ बढी जागा हुन्छ। यति बेला मन्त्रालयका कर्मचारी र अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेका हुन्छन्।

यसपटक पनि दृश्य फरक थिएन। जेठ १५ गते साँझ ४ बजे सार्वजनिक हुने नेपालको आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले र उनको टोली एक साताअघि देखि नै रात अबेरसम्म मन्त्रालयमा सक्रिय देखिन्थे। मन्त्रालयका अधिकांश झ्यालहरू रातभर उज्यालै थिए। भित्र कर्मचारीहरू कागजात, तथ्यांक र योजनामाथि गहिरो छलफलमा व्यस्त देखिन्थे। मन्त्रालयका कोरिडोरहरूमा राति अबेरसम्म चहलपहल सुनिन्थ्यो, बैठक कक्षहरूमा निरन्तर छलफल चलिरहेको थियो।

बजेट केवल अंकहरूको हिसाब होइन, यो सरकारको प्राथमिकता, जनताको अपेक्षा र देशको भविष्यसँग जोडिएको दस्ताबेज हो। त्यसैले हरेक वर्ष सरकार फेरिए पनि, अनुहार फेरिए पनि, बजेट लेख्ने यो दबाब र दौडधुप उस्तै रहन्छ। नयाँ सरकारसँगै नयाँ आशा जन्मिन्छ। व्यवसायी कर नीति हेर्न आतुर हुन्छन्, किसान अनुदान र राहतको अपेक्षामा हुन्छन्, युवा रोजगारी र अवसर खोजिरहेका हुन्छन् भने विकास निर्माणको गति कस्तो होला भन्ने चासो आम नागरिकमा रहन्छ।

बजेट सार्वजनिक हुने दिन नजिकिँदै जाँदा चिया पसलदेखि संसद् भवनसम्म एउटै प्रश्न सुनिन्छ “यसपालिको बजेटले केही नयाँ आशा दिन्छ त ?”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन