विज्ञापन

दिल्लीमा चारतले भवन भत्किँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

विज्ञापन
Image
विज्ञापन

१७ जेठ, काठमाडौं । दिल्लीको वेलकम क्षेत्रमा एउटा चारतले भवन भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । एक वर्षीय बालकसहित आठ जना घाइते भएका छन् ।

उक्त भवनमा १० जनाको एउटा परिवार बस्ने गर्दथ्यो । एक अधिकारीका अनुसार बिहान ७ बजे सीलमपुरको ईदगाह रोड नजिकै रहेको जनता कोलोनीको गल्ली नम्बर ५ मा भवन भत्किएको हो ।

भवन भत्किएको समयमा स्थानीय मानिसहरू बिहानी पैदल यात्रा (मर्निङ वाक) मा निस्किएका थिए । तिनै मानिसहरूले सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए । दमकल घटनास्थलमा पुग्नुअघि नै भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउने प्रयास सुरु भइसकेको थियो ।

भारतीय मिडियाहरुका अनुसार अहिले पनि उद्धारकार्य जारी छ । उत्तर–पूर्वी दिल्लीका एडिसनल डीसीपी सन्दीप लाम्बाका अनुसार उद्धार कार्यमा प्रहरी, एनडीआरएफ, सिभिल डिफेन्स र स्थानीय नागरिकहरू खटिएका छन् । सरकारी अधिकारीहरुका अनुसार स्थानीयले उद्धार कार्यमा ठूलो सहयोग पुर्‍याएका छन् ।

३ महिनाअघि दिल्लीकै मुस्तफाबाद इलाकामा एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन