विज्ञापन

सीमा विवादको प्रश्नमा सभामुखले भने- त्योभन्दा गम्भीर विषय बजेट हो भनेको छैन

विज्ञापन
Image
विज्ञापन

१९ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले सीमा विवादबारे प्रतिनिधिसभामा उठेको विषयका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार बसेको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिउपर सोही दिनदेखि विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । यसको तथ्य के हो भनेर खोजिरहेका छन् । साथै, यो विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीले उठाएको विषयलाई गम्भीर रूपमा लिन र जबरजस्ती सदन नचलाउन सभामुखलाई समेत आग्रह गरेका थिए ।

‘साउन १ गतेबाट लागू हुने नयाँ आर्थिक बर्षको बजेट भन्दा देशको सीमानाको बारेमा प्रधानमन्त्री ज्युले बोल्नुभएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक र सदनको तर्फबाट सभामुखको पहल अविलम्व होस्’, दुलालले भनेका थिए, ‘सभामुखबाट प्रधनमन्त्री जीलाई रुलिङ होस् । यसको समस्याको समाधान होस् ।’

विपक्षी दलहरूले आफूलाई समेत जोडेर विषय अगाडि बढाउन खोजेपछि सभामुख अर्यालले प्रष्टीकरण दिएका हुन् ।

‘माननीय सदस्यहरूले राख्नुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘सरकाले पक्कै पनि यहँहरूले राखेको विषयलाई गम्भीर रूपमा लिएकै छ । यसको समाधानको विषय त सरकारले आफ्नो तर्फबाट जवाफ दिने र माननीय सदस्यहरूले उठाएको विषयमा सरकारसँग मैले सभामाुखको हैसियतले गर्ने संवाद, विपक्षी दलका नेताहरूसँग गर्ने संवाद पक्कै पनि हामी यो विषय उठेदेखि गरिरहेका छौं र त्यो निरन्तर गरेर यसको निषकर्षमा त पुगी नै हालिन्छ ।’

यहीँनेर सभामुखले विपक्षीहरूले प्रतिनिधिसभामा उठाएका विषय भन्दा गम्भीर विषय बजेट हो भनेर नभनेको प्रष्टीकरण दिएका हुन् ।

‘यसकारणले मैले यो विषय गम्भीर होइन् । त्यो भन्दा गम्भीर विषय बजेट हो भनेर सभामुखले भनिरहेको होइन’, सभामुख अर्यालले भनेका छन्, ‘हामीले कार्यसूचीमा राखेका विषयलाइ अगाडि लिएर जाऔं, यहाँहरूले राख्नु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु । त्यसकारण हामीले आज हाम्रो कार्यसूची अगाडि बढाऔं । यहाँहरूले राखेको विषयमा पनि संवाद गर्दै जाऔं ।’

तर, विपक्षी दलहरूले सभामुखको आग्रह मानेनन् ।

सभामुखले राष्ट्रपतिबाट प्रमणीकरण भएका विधेयकबारेको सूचना सभालाई गराए । त्यसपछि बैठक स्थगित गरे । अर्को बैठक जेठ २५ गतेका लागि राखिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन