बुटवल– अवस्थित यस वेस्टर्न मेगा कलेजमा बि.एच.एम. अध्ययनरत विद्यार्थी, कलेजमा तथा आरम्भ रिसोर्टमा कार्यरत कर्मचारीहरूलाई एक दिने MENSTRUATION HEALTH, HYGIENE AND AWARENESS विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक माधुरी ज्ञवालीज्यूले उक्त कार्यक्रममा सहजीकरण तथा प्रशिक्षकको रूपमा सहभागिता जनाउनुभएको हो।

महिलाहरूमा गम्भीर रूपमा देखिने स्त्रीरोग तथा महिनावारीको बेला हुने विभिन्न समस्याहरूको पहिचान, उपचार विधि, सरसफाइ तथा निराकरणका बारेमा छलफल तथा प्रशिक्षण गरिएको हो। विद्यार्थीहरूले उक्त कार्यक्रममा विभिन्न प्रकारका समस्याहरूका बारेमा जिज्ञासा तथा अन्तरक्रिया गरी महिनावारी प्राकृतिक नियम हो भन्ने विषयमा जानकारी प्राप्त गरेका थिए।

महिनावारी प्राकृतिक नियम हो। यस सम्बन्धी उचित ज्ञानको अभावमा धेरैका लागि यो समस्या बनिरहेको छ, जसले गर्दा महिला तथा किशोरीहरूले मानसिक तथा शारीरिक समस्या भोग्न बाध्य छन्। यस्ता समस्याहरूका बारेमा उचित ज्ञान तथा यसबाट उत्पन्न हुने थप समस्याहरूको रोकथाम गर्नका लागि उक्त कार्यक्रम राखिएको कुरा कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनुभयो।

कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र बि.एच.एम.मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम, संयोजक एलिजा बज्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खाम्चाको संयोजकत्वमा सम्पन्न भएको थियो भने बि.एच.एम. अध्ययनरत छात्रा **समिता जी.सी.**ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यस कलेजमा स्नातक तहमा ४ वर्षे BIT तथा BHM र स्नातकोत्तर तहमा २ वर्षे MBA अध्ययन हुने र वर्ष २०८३ को भर्ना खुलिसकेको जानकारी गराइएको थियो।















