काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन् ।
आइतबार बिहान पहिला उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरेर सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना दिएका थिए । तर, पछि धेरै प्रतिक्रिया आएपछि सभापति थापा आफैँ जाने कार्यक्रम बनेको नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ ।
प्रतिक्रिया जनाउनुहाेस्
















