विज्ञापन

सरकार सामाजिक सञ्जालमा केन्द्रित, नागरिकको सुरक्षामा होइन : सांसद निश्कल राई

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकारले नागरिकको जीवन र सुरक्षाभन्दा सामाजिक सञ्जाल व्यवस्थापनलाई बढी प्राथमिकता दिएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राईले सरकारको ध्यान जनताका दैनिक समस्या, सडक सुरक्षा र सार्वजनिक सेवाको सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले सामाजिक सञ्जालसम्बन्धी नीति र नियमन आवश्यक भए पनि नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यातायात क्षेत्रको सन्दर्भमा बोल्दै राईले सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा सुधार नगरी सवारीसाधनको जरिवाना मात्र बढाउनु न्यायोचित नहुने बताउनुभयो। उहाँले दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था सुधार, स्पष्ट ट्राफिक संकेत, प्रभावकारी अनुगमन र चालक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

राईले जरिवाना बढाउनु मात्रै समाधान नभई सुरक्षित सडक, व्यवस्थित यातायात प्रणाली र प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवन रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन