विज्ञापन

कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन, क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड

विज्ञापन
Image
विज्ञापन

१ साउन, काठमाडौं । इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्वोमा सुरू भएको छ ।

सम्मेलनको उदघाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा जोड दिए ।

एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र यस क्रममा सिकिएका कठिन पाठहरूमाथि चर्चा गर्दै उनले बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बीच पनि असंलग्नताको नीति र समाजवादी निर्माण सबैभन्दा महत्त्वपूर्ण लक्ष्य रहेको बताए ।

सम्मेलनमा श्रीलंकाका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋणदाता कार्यक्रमको कठोर अनुशासन र सर्तहरूको सामना गर्दै कसरी जनपक्षीय मार्ग पहिल्याउन सकिन्छ भन्ने ठोस र कठोर यथार्थबारे आफ्नो धारणा राखेका थिए ।

विश्वविख्यात मार्क्सवादी लेखक, इतिहासकार एवं ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’ का कोर्डिनेटर विजय प्रसादले विश्वभर विस्तार भइरहेको सैन्यीकरण, सार्वभौम ऋणको संकट र उग्र–दक्षिणपन्थको उदयलाई आपसमा जोड्दै यी सबै घटनाक्रमहरू छटपटाइरहेको एउटै साम्राज्यवादी संरचनाका लक्षणहरू भएको भन्दै विस्तृत विश्वव्यापी परिवेशको चित्रण गरेका थिए ।

तीन दिनसम्म चल्ने यस सेमिनारमा विभिन्न विषयगत राजनीतिक मुद्दाहरूमा छलफल हुनेछन् । सम्मेलनकै सिलसिलामा पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटघाट गर्ने तालिका रहेको छ ।

यसैबीच, सम्मेलनको साइडलाइनमा उनले ल्याटिन अमेरिकी देशहरू क्युबा, भेनेजुएला र ब्राजिल लगायतका देशबाट आएका शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गरेका छन् ।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन