५ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३२० रुपैयाँ रहेकोमा आज ४ हजार ३७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्
















