विज्ञापन

पार्टी फुटाउने होइन, जोड्ने र एकता कायम गर्ने बेला आएको छ: नेता भीष्मराज आङ्देम्बे

विज्ञापन
Image
विज्ञापन

चितवन — नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको विकास र पार्टीको सुदृढीकरणका लागि नेताहरूले पार्टी फुटाउने नभई एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस, भरतपुर महानगर समितिद्वारा ४४औँ बिपी स्मृति दिवसका अवसरमा चितवनको भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा आयोजित वृक्षरोपण कार्यक्रमपश्चात् स्थानीय पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।

देशको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस विभाजित हुनु दुर्भाग्यपूर्ण हुने जिकिर गर्दै नेता आङ्देम्बेले भने, “मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुन्छ, नेताहरूले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्छ।” उनले कांग्रेस बलियो भएमात्रै देशमा राजनीतिक स्थिरता र प्रजातन्त्र सुदृढ हुने बताए।

भरतपुर–१० स्थित खुला मैदानमा सम्पन्न सो वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा. केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन