विज्ञापन

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा आज सार्वजनिक शोक बिदा

विज्ञापन
Image
विज्ञापन

१३ साउन, स्याङ्जा । पूर्वउपप्रधानमन्त्री तथा पूर्वशिक्षामन्त्री, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिले आज सार्वजनिक शोक बिदा दिएको छ ।

नगरपालिकाले श्रेष्ठको लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र सामाजिक जीवनमा पुर्‍याएको योगदानको सम्मानस्वरूप आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस निर्णयअनुसार आज नगरपालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द छन् । अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।
पुतलीबजार नगरपालिका–३ का स्थायी बासिन्दा रहेका श्रेष्ठ स्याङ्जाको राजनीतिक र सामाजिक विकाससँग नजिकबाट जोडिएका व्यक्तित्व थिए । उनले राष्ट्रिय राजनीतिमा उपप्रधानमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुका साथै जिल्लाको विकासमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ विभिन्न शैक्षिक संस्थाका अध्यक्षका रूपमा पनि क्रियाशील थिए । जिल्लाको शिक्षा, व्यापार र सामाजिक विकासमा उनले पुर्‍याएको योगदानलाई स्थानीयले अहिले पनि स्मरण गर्ने गरेका छन् ।

श्रेष्ठ पटक-पटक स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय राजनीतिमा लामो अनुभव हासिल गरेका उनी मन्त्री हुँदै उपप्रधानमन्त्रीको जिम्मेवारीसम्म पुगेका थिए ।

पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले श्रेष्ठले लोकतन्त्र स्थापना, शिक्षा क्षेत्रको विकास र स्याङ्जाको समग्र उन्नतिमा पुर्‍याएको योगदानको सम्मानस्वरूप सार्वजनिक शोक बिदा दिइएको बताए । उनका अनुसार श्रेष्ठको योगदान भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत रहनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको मंगलबार ८३ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरमा आज बिहान पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ ।

श्रेष्ठको निधनसँगै स्याङ्जाले विकास, शिक्षा र लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान दिएका एक अनुभवी नेतृत्व गुमाएको भन्दै जिल्लाभर शोक व्यक्त गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन