विज्ञापन

मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

विज्ञापन
Image
विज्ञापन

१४ साउन, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थलहरूलाई चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएको छ ।

विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो ।

यसअघि मोरङ प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो । बिहीबार सूचना जारी गर्दै मन्दिर, मस्जिद, चर्च, गुम्वा लगायतका सबै धार्मिक स्थलहरूलाई ध्वनि प्रदुषण सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

चर्को आवाजका कारण घरमा रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूमा मानसिक दीर्घरोगको जोखिम बढेको प्रशासनको सचनामा उल्लेख छ ।

प्रशासनको यो निर्देशन सर्वोच्च अदालतको मिति २०८०/९/१६ को फैसला र नेपाल राजपत्रमा प्रकाशित ध्वनि मापदण्डको आधारमा जारी गरिएको हो ।

सरकारले तोकेको ध्वनि मापदण्ड अनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबलसम्म आवाज बजाउन पाइन्छ । शहरी आवास क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलसम्म मात्रै बजाउनुपर्ने उल्लेख छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको मापदण्ड विपरीत ध्वनि प्रदूषण गरे वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन