१७ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डारा, चितवनबाट खटिएको टोली बन्दुकसहित पक्राउ गरेको हो ।
उनी एक सिंगे गैंडा मारको कसुरमा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएका व्यक्ति हुन् । उनको घरबाट भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्















