विज्ञापन

गोलभेँडाको मूल्य बढ्यो, प्रतिकिलो कति ?

विज्ञापन
Image
विज्ञापन

४ भदौ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।

नेपाली ठूलो गोलभेँडाको मूल्य बुधबारको तुलनामा आज बिहीबार थोकमा प्रतिकिलो १० रुपैयाँले बढेको छ । बुधबार नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँ कायम थियो ।

आज बिहीबार भने उक्त गोलभेँडा न्यूनतम ८० देखि अधिकतम ९० तथा औसत ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज लोकल गोलभेँडाको मूल्य पनि थोकमा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । हिजो बुधबार न्यूनतम ३० देखि अधिकतम ४० र औसत ३५ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा बिहीबार न्यूनतम ३८ देखि अधिकतम ४८ र औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन