१६ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ ।
अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा शवलाई जमिनमा राखेर व्यवथापन गरिएको थियो। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो।
क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल थालिएको छ । जिल्ला सुरक्षा समितिका साथै चिकित्सकहरुसँग समेत परामर्श गरेर अहिले शव व्यवस्थापनबारे छलफल सुरु गरिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनको छलफलमा केन्द्रित रहेको प्रशासनले बताएको छ।
चितवनकै जस्तो जमीनमुनि शव राखेर व्यवस्थापन गर्नेगरी छलफल थालिएको छ। यसको निर्णय भने हुन बाँकी नै छ।
प्रतिक्रिया जनाउनुहाेस्














