१७ भदौ, काठमाडौं । संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएका छन् ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिचालित भएका हुन् ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएको पुष्टि गरे ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट माग भइ आए बमोजिम २० जना शाखा अधिकृत परिचालित हुनुभएको छ,’ उनले भने ।
उनीहरूले यही भदौ १४ गते देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिरहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्
















