विज्ञापन

निवर्तमान आईजीपी कार्कीको रिटमाथि सुनुवाइ जारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ सुरू भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटको सुनुवाइ सुरू भएको हो।

सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

आफूलाई हटाउने कुनै कानुनी आधार र कारण नखुलाई,स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको उनको दावी छ। उनले उक्त निर्णयलाई परोक्षरूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गरेका छन्।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन