काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव डा‍‍.भीष्मराज अधिकारीले जानकारी दिए ।

पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको अधिकारीले जानकारी दिए ।

यसअघि असोज ४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।

तर बालुवाटारको सरकारी जग्गा ललिता निवास लगायत विषयमा अदालतमा मुद्दा खेपिरहेका व्यवसायी गुरुङले दिएको जग्गा दान सरकारका कार्यकारी प्रमुखले लिने विषयले एमालेभित्रै असन्तुष्टि बढेको छ ।

यस विषयले एमालेभित्र मात्र नभई बाहिर समेत चर्को आलोचना भइरहेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0