४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् ।

श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।

सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मान बहादुर टिमका सदस्य थिए ।

उनले गत वर्ष चीनमा भएको १९ औ एसियाडबाट नेपालको कप्तानी सम्हालेका थिए। मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडी मध्ये एक हुन् ।

‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ।’ मानबहादुरले भिडियोमा भनेका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0