बुटवल । रुपन्देहीमा साढे ११ लाख भन्दा बढी भन्सार छलि गरी ल्याउँदै गरेको समान प्रहरीले नियन्त्रणमा लिएकोे छ।

आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलिले ओमसतिया गाउँपालिका ४ स्थित बालापुर चोकबाट भन्सार छलि गरी ल्याउँदै गरेको अबैध सामान बरामद गरेको हो ।
बरामद हुने समानमा ३० सेट मोबाइल फोन, जुत्ता ७० जोर, चकलेट ८ कार्टुन, बुकि पेपर ४ बोरा र ताजा फुल तथा पुलका विरुवा ७० केजी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डिएसपी लक्ष्मी खनालले बताइन् ।

ती समानहरुको बजार मूल्य ११ लाख ५१ ह्जार ८ सय रहेको उनले बताइन् । आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0