७ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षति भएका छिमेकी पालिकालाई आर्थिक सहयोग घोषणा गरेको छ ।

महानगरले बुधबार ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकालाई सहयोग गर्ने घोषणा गरेको हो ।

बुधबार बसेको कार्यपालिका बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

कार्यपालिका बैठकले गोदावरी, महालक्ष्मी, बागमती, महाङ्काल र कोन्ज्योसोमलाई ५०/५० लाख र दक्षिणकालीलाई १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0