८ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार इन्जिनियरिङ सेवा तर्फ ९÷१० तहका चार जना, वन सेवातर्फ ९÷१० तहका चार जना, स्वास्थ्य सेवातर्फ ९÷१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ ।

यस्तै, प्रशासन सेवा÷सामान्य प्रशासन समूह तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका चार जना कर्मचारीको पनि सरुवा भएको छ ।

इन्जिनियरिङ सेवा तर्फ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटीका इन्जिनियर ग्रीष्म थापाको कैलाली, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलाका इन्जिनियर डम्बरप्रसाद धितालको कैलाली र कैलालीका अमरबहादुर पालको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय डडेल्धुरा सरुवा भएको छ भने डडेल्धुरामा कार्यरत इन्जिनियर श्रीरामरथ खरेललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुला पठाइएको छ ।

वन सेवा समूहतर्फ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कार्यरत वन अधिकृत कृष्णदत्त भट्टको डिभिजन वन कार्यालय धनगढी सरुवा भएको छ भने धनगढीमा कार्यरत प्रमुख वन अधिकृत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरको डिभिजन वन कार्यालय कञ्चनपुर सरुवा हुँदा त्यहाँ कार्यरत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर निरज अर्यालको काज फिर्ता गर्दै सेती प्रादेशिक अस्पतालमै पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0