८ कात्तिक, काठमाडौं।माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो।

अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ। ्

भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ।

पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको थियो। त्यसपछि भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको थियो ।

तीन खेलमा भुटानले १७ गोल गर्दा जम्मा १ गोल मात्र खाएको छ । नेपालले दुई खेलमा अहिलेसम्म ११ गोल गरेको छ । नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0