८ कात्तिक, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार राति पक्राउ गरेको थियो ।

उनीहरुबाट नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0