९ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल) का लागि अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ ।

जनकपुरले शुक्रबार सामाजिक सन्जालमार्फत जोसुअलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलर हुन् ।

जोसुअले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्छन् । जहाँ उनले ६ टी २० खेल खेलेका छन् । टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग टोली चेन्नाई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो ।

यस वर्ष जोसुअलाई अमेरिकी क्रिकेटमा नयाँ राइजिङ स्टारको रुपमा लिइएको छ र सम्भावना भएको खेलाडीको रुपमा देखापरेका छन् ।

जोसुअ ट्रोम्प र म्याथ्यु ट्रवम्प जुम्ल्याह दाजुभाई हुन् । म्याथ्यु पनि अमेरिकामै क्रिकेट खेल्छन् ।

जोसुअ दक्षिण अफ्रिकाको जोहानेसवर्गमा जन्मेका हुन् । उनी १६ वर्ष लाग्दा ट्रवम्प परिवार टेक्सास बसाइँ सरे । अनी ट्रोम्प दाजुभाइ उतै क्रिकेट खेल्न थालेका हुन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0