९ कात्तिक, काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ यस दिनका लागि पनि अघिल्लो दिनकै तय गरेको छ । प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ भने घटेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले चाँदी घटेको छ । अघिल्लो दिन तोलामा २०९५ रुपैयाँ रहेको चाँदी यस दिन २०७० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0