९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।

महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक (डीएसपी) ईश्वरराज वाग्लेले जानकारी दिए ।

‘उहाँहरूले राइट अफ वे मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’ वाग्लले भने । उनले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0