११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते ।

विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् ।

थाउलो विश्वमपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन् । जसमा विजयले मात्र हालसम्म पदक जितेका छन् ।

नेपालबाट विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0